प्रभु बैंकलाई आर्थिक वर्षमा दुई अर्ब ६० करोड खुद मुनाफा

नेपालखोज २०७९ साउन ७ गते १५:१८

काठमाडौं । प्रभु बैंकको खुद मुनाफा उच्चरुपमा बढेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ६० करोड तीन लाख ९७ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैकले एक अर्ब ७२ करोड आठ लाख ७५ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो ।

बैंकको चुक्ता पुंजी १२ अर्ब ७० करोड ८७ लाख चार हजार रुपैंयाँ रहेको छ । बैंकले आव २०७८/७९ मा एक खर्ब ७८ अर्ब ६५ करोड २१ लाख ७१ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ४५ अर्ब ९६ करोड १९ लाख १६ हजार रुपैंयाँ कर्जा प्रवाह गर्दा छ अर्ब १८ करोड दुई लाख ८९ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने बितरणयोग्य नाफा भने एक अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैंयाँ रहेको छ ।

बैंकले अघिल्लो आवमा भने एक खर्ब ६४ अर्ब ८५ करो पाँच लाख रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ११ करोड ७७ लाख ७४ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब दुई करोड ३३ लाख पाँच हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६८ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया