प्रतिनिधिसभा बैठक बस्दै
नेपालखोज
२०७९ साउन ८ गते ६:३६

काठमाडाैं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ ।
त्यस्तै, कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
साथै, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभावाट भएको संशोधन प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले उल्लेख गरेकाे छ ।

सम्बन्धित








प्रतिक्रिया