आइतबार, पुष ६, २०८२

तीन किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए

नेपालखोज २०७९ साउन ८ गते १५:४४

झापा । झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज (आइतबार) तीन किशोरी रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । कचनकवल ५, पाठामारीस्थित सुनकोसी चिया बगानको रुखमा झुन्डिएको अवस्थामा तीन किशोरी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार कचनकवल ५ की १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १६ वर्षीया कल्पना गणेश बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरूले सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान गरिए पनि आत्महत्याको कारण खुलेको छैन ।

सोही चिया बगानमा काम गर्दै आएका उनीहरू शनिबार दिउँसोदेखि घरबाट सम्पर्कविहीन भएको र आइतबार बिहान रुखमा झुन्डिएको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रतिक्रिया