पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु, १६ घाइते
नेपालखोज
२०७९ साउन ८ गते १८:५९

काठमाडौं । गुल्मीबाट वुटवलतर्फ जाँदै गरेको बस पाल्पामा दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आज (आइतबार) साँझ ५ बजे लु १ ज ५९५२ नम्बरको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा तीन पुरुष र तीन महिलाको मृत्यु भएको छ । घाइतेको उद्धार गरि उपचारको लागि तानसेन अस्पताल पठाइएको छ ।
स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण पत्ता लागेको छैन ।
सम्बन्धित
प्रतिक्रिया