नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

नेपालखोज २०७९ साउन ८ गते १९:५१

काठमाडाैं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बहुमत छ ।

लम्सालले संस्थापनकै अनिता बिन्दूलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । मतगणना सकिए पनि आधिकारिकरुपमा मतपरिणाम घोषणा हुन भने बाँकी छ ।

युनियनको महासचिवमा दिलिप पौडेल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् ।

प्रतिक्रिया