गण्डकी र प्रदेश १ मा भारी वर्षाको सम्भावना
नेपालखोज
२०७९ साउन ९ गते ६:४०

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ।
त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया