मंगलबार, असार १७, २०८२

५६८ जनामा कोरोना संक्रमण, १ को मृत्यु

नेपालखोज २०७९ साउन ९ गते १६:५१

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ८४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४५३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार ७१६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ११५ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ३ हजार ५३४ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ९५ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६८ हजार ५८४ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ४ प्रतिशत छ ।

त्यस्तै, कोरोना लागेर १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया