शुक्रबार, वैशाख २८, २०८१

छेपरो भन्छ !

मिट्ठू रावल २०७९ साउन १० गते १०:४७

मलाईं दोष नदेऊ
मेरो कुनै कसुर छैन
म रङ्ग फेर्छु
यो मेरो जीवनचक्र भित्र पर्छ
यो मलाई
प्रकृतिले दिएको
उपहार हो
तर तिमी
अनगिन्ती रङ्ग फेर्छौं
प्रकृतिको नियम विपरित पनि
तिम्रो त बोलीको पनि ठेगान छैन
काममा इमानदारिता पनि छैन
आफ्नो स्वार्थ सिद्धिका लागि
तिमी
जे पनि गर्न सक्छौं
त्यसैले म भन्छु
दोष मलाई मात्र किन ?
आफूलाई पनि
नियाली हेर
आफूलाई सच्याउन सिक
त्यसैमा तिम्रो हित छ
सबैको भलाई पनि छ ।।

प्रतिक्रिया