प्रतिनिधिसभाको बैठक बस्दै, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकलगायत पेस हुने
नेपालखोज
२०७९ साउन १० गते ६:३८

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएकाे छ ।
आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत् गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया