आइतबार, वैशाख २८, २०८२

बाँकेमा एक दम्पती मृत भेटिए

नेपालखोज २०७९ साउन १० गते १०:०४

नेपालगन्ज । नेपालगन्जको कोहलपुर नगरपालिका १४, पार्वतीपुरमा आज (मंगलबार) एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।

मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । कृष्ण र अञ्जलीको विवाह भएको एक वर्ष मात्र भएको छ ।

‘घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ,’ प्रनाउ न्यौपानेले भने । उनले घटना शंकास्पद भएको उल्लेख गर्दै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताए । घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । -रासस

प्रतिक्रिया