एनसीसी बैंकको एमओसीओ डिजिटल वालेटमार्फत भुक्तानी सेवा

नेपालखोज २०७९ साउन १० गते १४:२३

काठमाडौं । एनसीसी बैंकले एमओसीओ (मोको) डिजिटल वालेटमार्फत आफ्नो भिजा डेबिट कार्ड तथा क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिने सेवा सञ्चालन गरेको छ ।

यस सेवाबाट बैंकका ग्राहकले मोबाइल वालेटबाटै भर्चुअल डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानी तथा सेवा उपयोग गर्न सक्नेछन् ।

यसका साथै एमओसीओ डिजिटल वालेटमार्फत स्क्यान टु पे माध्यमबाट १,५०० भन्दा बढी मर्चेन्टहरुमा भिजा क्यूआर कोड प्रयोग गरी भुक्तानीसमेत गर्न सकिने बैंकले विज्ञप्तिमार्फत जनाएको छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

देशैभर शाखा सन्जाल फैलिएको एनसीसी बैंकले सातवटै प्रदेशमा गरी १५६ शाखा, १५ एक्स्टेन्सन काउन्टर र १३३ एटीएम बुथ सञ्चालन गरी ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम-नागरिकमाझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया