मंगलबार, असार १७, २०८२

चौबीस घण्टामा ६३८ जनामा कोरोना संक्रमण

नेपालखोज २०७९ साउन १० गते १५:५२

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार २१५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४०० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै २ हजार ८४० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ३ हजार ७१४ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप २१८ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६८ हजार ८०२ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ४ प्रतिशत छ ।

त्यस्तै, कोरोना लागेर २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया