शुक्रबार, वैशाख १२, २०८२

एक अर्ब २० करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

नेपालखोज २०७९ साउन १० गते १८:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा एक अर्ब २० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६७ दिने मुद्दती निक्षेपकोरुपमा २०७९ भदौ दुई गतेदेखि २०८० भदौ दुई गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुद्दती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि ९६ करोड, विकास बैंकहरुको लागि १८ करोड र फाइनान्स कम्पनीहरुको लागि छ करोड रुपैयाँ छुुट्याईएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाइनान्स कम्पनीहरुले यही साउन १२ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याजसमेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएकाछन ।

प्रतिक्रिया