शनिबार, वैशाख २७, २०८२

साफ यू-ट्वान्टी : नेपालले आज श्रीलंकासँग खेल्दै

नेपालखोज २०७९ साउन ११ गते ६:४४

काठमाडाैं । साफ यू-ट्वान्टी च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजे सुरू हुनेछ । नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जीत निकाल्न चाहन्छ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । 

प्रतिक्रिया