‘देउवाको आशीर्वाद’

काठमाडौं । नायक भुवन केसीले चलचित्र विकास बोर्डले अध्यक्षमा आज (बुधबार) पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेपछि छोरा नायक अनमोल केसीले उनलाई फेसबुक मार्फत् बधाइ तथा शुभकामना दिएका छन् । बुबासँगको पुरानो तस्बिर सेयर गर्दै अनमोलले लेखेका छन् ‘बाटो हिड्ने मान्छेभन्दा पनि बाटो बनाइदिने मान्छे महान् हुन्छन् । म तपाईंलगायत तपाईंका समकालीन हस्तीहरूकै पाइलाहरू पछ्याउँदै यहाँसम्म आइपुगेको छु । आजबाट तपाईंको भूमिका झन् गहन बनेको छ । नेपाली सिनेमाको श्री वृद्धिमा तपाईंको थप योगदान रहने कुरामा म ढुक्क छु । यो गौरवशाली अवसर प्राप्त गर्नु भएकोमा धेरै धेरै बधाई तथा शुभकामना बाबा । मेरो मार्गदर्शक, मेरो प्रेरणा ।’ उनको यो पोस्टमा आएका केही केमेन्टहरु :

बधाई !
लवण शिकारी
मोटर चढ्न नपाएका र घारभाडा तिर्न नसकेका जागिर खान धेरै अध्यक्ष भए । तपाईं यो सबको भोगी हुनुहुन्छ । तपाईंको जन्म थलो कर्म थलो मृत्यु थलो पनि चलचित्र नै हो । हार्दिक बधाई तथा शुभकामना छ । यस कारण कि तपाईंले आफ्नो जीवन थलोलाई बनाउनु हुनेछ । विदेशी फिल्मको कमिसनले नेपाली फिल्मलाई हान्नु हुने छैन। जय माया प्रेम । दादा शुभकामना !
चेतन सापकोटा
बधाई छ ! सदाबहार नायक ।
विशाल सिंह दोबाल
चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएकोमा सदावहार नायक भुवन केसीलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु ।
घनश्याम गौतम
हार्दिक बधाई ! लागेका आरोपको कामले जवाफ दिन सक्नुहोस शुभकामना ।
एकेन्द्रबहादुर खड्का
राजनीतिको नाङ्गो खोल ओढेर बार्गेनिङ गरेर दिएको जिम्मेवारिको के अर्थ ? चरित्रमा दाग लागेको मान्छेबाट खासै ठूलो आसा नगरौं, अनमोलको लागि राम्रो भयो अरुको दुर्भाग्य भन्नुपर्छ ।
खनाल राजु
हार्दिक बधाई भुवन दाइ । अनमोल फिल्म जगतकै अनमोल बनुन्, शुभकामना
नारद बस्नेत
सुनमा सुगन्ध थपियोस ,शुभकामना !
रमेश घिमिरे
हृदयदेखि नै बधाई छ भुवनदाई ।
उमा सुब्बा
चलचित्र विकास बोर्ड अध्यक्षको सुपुत्र हुनुभएकोमा अनमोल ब्रोलाई पनि हार्दिक बधाई..!!
मनोज
जिन्दगी भनेको आफैँले बनाउन रहेछ मेहनत गरे चित्र, अल्छि गरे बिचित्र
आफ्नो मेहनतले यहाँसम्म आई पुग्नुभयो बाबा हार्दिक बधाई !
अनि आगामी काम र जिम्मेवारीका लागि शुभकामना???
सजिना विश्वकर्मा
Congratulations तर यो पोष्ट पाउन काँग्रेस हुनै पर्ने किन त्यतिकै लड्न आट नआएकै हो ? जे होस् अहिलेभन्दा धेरै राम्रो गर्नु शुभकामना !
राजु धमला
Congratulations सफल कार्यकालको शुभकामना!!
माधव राना मगर
नाम मात्र अनमोल होइन तपाईं मान्छे नै अनमोल हुनुहुन्छ। पछारिएको नेपाली फिल्म जगतलाई उठाउनुमा तपाईंको ठुलो योगदान छ ।
अमित बुढाथोकी
कांग्रेस प्रवेश गरेर पाएको पहिलो सफलता भन्नु सिधै कान्छा ।
अमिर
बधाई साथै सफल कार्यकालको शुभकामना ।
सुवास सिग्देल
सदाबहार नायक भुवन केसी
राम लामा
देउवाको आशिर्वाद
प्रकाश गुरूङ
सुस्मिता अन्टी पनि एकसाथ भैदिएको भए अझ यो मोमेन्ट फरक हुन्थ्यो ।
निसान गोले
प्रतिक्रिया