बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी शाही पक्राउ

रूपन्देही । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बुटवल ११ घर भई हाल काठमाडौंको टोखा बस्ने ३४ वर्षीय कृष्णबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ जेठ २६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार दिन कैद र १३ लाख २० हजार रूपैयाँ जरिवाना र जरिवाना बमोजिमको बिगो फैसला भई फरार रहेका शाहीलाई इलाका प्रहरी कार्यालय सालझन्डीबाट खटिएको प्रहरीले रुपन्देही सैनामैना नगरपालिका दूधराक्षबाट पक्राउ गरेको हो ।
शाहीले २०७५ चैत ५ गते एनसीसी बैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला ठहर गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेस गरिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिक्रिया