मंगलबार, पुष ८, २०८२

जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेजबीच सम्झौता

नेपालखोज २०७९ साउन ११ गते १४:२८

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेजबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेज तर्फबाट प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपालबााट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकले बिमालेखको सीमासम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया