पाँच नवनियुक्त नेपाली राजदूतले लिए पद तथा गोपनीयताको शपथ
नेपालखोज
२०७९ साउन ११ गते २१:१२

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथ लिनेमा डा. दुर्गाबहादुर सुवेदी (जापान), दानबहादुर तामाङ (गणतन्त्र दक्षिण अफ्रिका), डा. शर्मिला पराजुली (ढकाल) (स्पेन), मिलनराज तुलाधार (रुसी महासङ्घ) र प्रा डा राम स्वार्थ राय (डेनमार्क) का लागि राजदूत रहेका छन् ।
सो अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो ।
सम्बन्धित

प्रतिक्रिया