आइतबार, पुष ६, २०८२

चितवन र आसपास क्षेत्रमा भारी वर्षा, डुबान हुने र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नेपालखोज २०७९ साउन १२ गते ६:१६

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको जनाएको छ । 

सो क्षेत्र भएर बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी आउनसक्ने, नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखमले अनुराेध गरेको छ । 

साथै, चितवनकै शक्तिखोर, पर्साको ठोरी र आसपासका स्थानमा पनि भारी वर्षा भएको छ । र, थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भएर बहने राप्तीलगायत अन्य साना नदीमा आकस्मिक बहाव हुनसक्ने र डुबान भइरहने होचा स्थान र तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया