बिहीबार, जेठ २, २०८२

उच्च सुरक्षा क्षेत्र तोडेर इराकको संसद् भवनमा प्रदर्शनकारी प्रवेश

नेपालखोज २०७९ साउन १२ गते ७:५२

काठमाडाैं । इराकको संसद् भवनमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका हुन् ।

धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेद्वारको विरोधमा प्रदर्शन गरिरहेका छन् । गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । बीबीसी

प्रतिक्रिया