आइतबार, पुष ६, २०८२

विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न ४ जना पक्राउ

नेपालखोज २०७९ साउन १२ गते १३:३२

काठमाडौं । काठमाडौं महानगरपालिका २६, ठमेलबाट विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न रहेको अभियोगमा ४८ वर्षीय चिनियाँ सु सुजीसमेत चार जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा अनलाइन ग्याम्बलिङ भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४७२ थान मोबाइल, २६ थान ल्यापटप, एक हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राइभ र एक लाख ९० हजार रुपैयाँ मूल्यबराबरको एनसेलको रिचार्ज कार्डसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया