आइतबार, पुष ६, २०८२

बाबुराम भट्टराईले गराए नयाँ पार्टी दर्ता

नेपालखोज २०७९ साउन १२ गते १८:५४

काठमाडाैं । बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका भट्टराईसहितको समूहले नेपाल समाजवादी पार्टी (नेसपा) दर्ता गरेका हुन् ।

बाबुराम भट्टराई प्रेस सम्याेजक विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताएका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग विवाद चर्किँदै गएपछि गत फागुन ५ गते भट्टराईनिकट लामिछानेले निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराएका थिए ।

प्रतिक्रिया