बिओकेका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई कोेरियन भाषा इन्स्टिच्युटमा छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड (बिओके) ले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई कोरियन भाषा सिकाई संस्था ‘थेयाङ हान्गुल इन्स्टिच्युट’ मा भाषा कक्षा शूल्कमा २५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ ।
यो छुट सम्झौता पश्चात् नेपाल सरकार र गणतन्त्र कोरियाको समझदारी पत्र अनुरुप रोजगार अनुपति प्रणाली (ईपिएस) अन्र्तगत वा अन्य माध्यमबाट गणतन्त्र कोरिया जान इच्छुक ग्राहकहरुले कोरियन भाषा पढ्न ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल इन्स्टिच्युटबाट अध्ययन गरी बैंकको कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भाषा शूल्क भुक्तानी गरेमा २५ प्रतिशत छुट पाउन सक्नेछन् ।
नेपाल सरकार, श्रम मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीचको समझदारी अनुरुप रोजगार अनुमती प्रणाली अन्र्तगत वार्षिक नौ हजारभन्दा बढि नेपाली नागरिकहरु कोरियन भाषा उत्तिर्ण गरि कामदारका रुपमा गणतन्त्र कोरिया गइरहेका छन् ।
थेयाङ हान्गुल ईन्स्टिच्युटले ललितपुरको ग्वार्कोबाट कोरियन भाषा पढि गणतन्त्र कोरिया जान इच्छुकहरुलाई दक्ष तथा कोरियन भाषा विज्ञहरुबाट कक्षा संचालन गर्दै आइरहेको छ । बैंकले हालसम्म एक सय तीनवटा शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया