आशा लघुवित्तले १२ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमायाे
नेपालखोज
२०७९ साउन १३ गते ९:०२

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा लघुवित्तको नाफामा दबाब परेको देखिन्छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १२ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.४४ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढेपनि सम्भावित जोखिम बापत धेरै रकम छुट्याएका कारण खुद नाफा बढ्न नसकेको हो ।
सम्बन्धित








प्रतिक्रिया