शनिबार, वैशाख २२, २०८१

सुनचाँदीको मूल्य बढ्यो

नेपालखोज २०७९ साउन १३ गते १०:४०

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ३५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया