गुराँस लाइफद्वारा झापाका बिमितलाई ५२ लाख ५५ हजार भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमीत शर्मामार्फत ५० लाखको वार्षिक नगद फिर्ता जीवन बिमा गराएका थिए ।
कम्पनीले राईकी पत्नी रुबिना तामाङलाई बिमांक र बोनससहित ५२ लाख ५५ हजार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. क्षेत्रीय कार्यालय बिर्तामोडले हिजो (बिहीबार) भद्रपुर ८ को कार्यलयमा भुक्तानी गरेको हो । उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उप-मेयर राधा कार्की तथा कम्पनीका मुख्य प्रबन्धक गिरधर श्रेष्ठले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन् । उक्त दाबी भुक्तानी कार्यक्रममा वडाध्यक्ष गौरव सुब्बाले योभन्दा अघि पनि गुराँस लाइफले छिटो–छरितो दाबी भुक्तानी गरेको र कम्पनीप्रति आफ्नो विश्वास झनै बढेको बताए ।
उप–मेयर राधा कार्कीले प्रत्येक व्यक्तिले आयअनुसार बिमा गरे भविष्यको सहारा हुने र घटना भए परिवारले राहात पाउने भएकाले जीवन बिमा अनिवार्य गर्न आफूले जनचेतना गराउने बताइन् । यसै सन्दर्भमा मेयर गणेश पोखरेलले बिमा कम्पनीहरूले मृत्यु दाबी भुक्तानी अवश्य गर्छन् भन्ने कुराको विश्वास दिलाउँदै दाबी भुक्तानी सहज बनाउदै लगेकामा गुराँस लाइफप्रति आभार प्रकट गर्दै शोकाकुल परिवारप्रति समवेदना र मृतक प्रति श्रद्घाञ्जली अर्पण गरे ।
कम्पनीका मुख्य प्रबन्धक तथा क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले व्यक्तिको मृत्युको अपुरणीय क्षतिको भरपाइ नहुने तर बिमाबाट प्राप्त रकमले आश्रित परिवारलाई सहयोग पुग्ने विचार व्यक्त गर्दै युवा अवस्थामै बिमितको निधनले आफू मर्माहत भएको बताए । साथै बिमाको जनचेतना अभावले बिमा आवश्यक नभएको सोच्ने र आवश्यक भएको दिन पछुताउने गरेकाले बेलैमा गुराँस लाइफमा जीवन बिमा गराई ढुक्क हुन आग्रह गरे ।
कार्यक्रममा कम्पनी सहायक प्रबन्धक राजकुमार सिँजापति, काँकरभिट्टा प्रमुख अस्मिता लिम्बू, भद्रपुर अन्डराइटर देवी श्रेष्ठ, सिनियर एजेन्सी मेनेजर रीता कार्की, भवानी खड्का, निशा फुयाल तथा अभिकर्ता, स्थानीय व्यक्ति, पत्रकार तथा बुद्धिजीवीको उपस्थिति थियो ।








प्रतिक्रिया