एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको छ : परराष्ट्रमन्त्री
नेपालखोज
२०७९ साउन १३ गते १३:२७

काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपीलाई) अघि नबाउने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्काका अनुसार सरकारले एसपीपी अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ ।
मन्त्रिपरिषद्को असार ६ गतेको बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेपनि अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो । संसद्मा आज (शुक्रबार) परराष्ट्रमन्त्री नारायण खड्काले साउन ९ गते नै अमेरिकालाई लिखित जानकारी गराएको बताए । उनले भने, ‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु ।’
सम्बन्धित








प्रतिक्रिया