आइतबार, पुष ६, २०८२

‘अन्तर्राष्ट्रियस्तरमा बाघको महत्त्वपूर्ण भएकाले संरक्षण गर्नु आवश्यक छ’

नेपालखोज २०७९ साउन १३ गते १४:३७

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाघको संरक्षणका लागि मन्त्रालय र यसअन्तर्गतका निकायलाई आग्रह गरेका छन् । बाघ संरक्षणका क्षेत्रमा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न पनि उनले सुझाव दिए ।

‘नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन बाघ पनि महत्त्वपूर्ण भएकाले यसको संरक्षण गर्नु आवश्यक छ, बाघको संरक्षणका लागि वन क्षेत्रको विकास गर्नुपर्छ, यसका लागि प्रकृति संरक्षण कोषले पनि ध्यानदिनुपर्छ’, अध्यक्ष नेपालले भने ।

प्रकृतिको संरक्षण गर्न नसके कुनै पनि जनावरको रक्षा गर्न नसकिने भएकाले सबैले आआफ्नो स्थानबाट संरक्षणमा जुट्नुपर्ने उनको भनाइ थियो । वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले बाघको संरक्षण गर्दा सङ्ख्या वृद्धि हुनुका साथै वातावरण संरक्षणमा पनि सहयोग पुग्ने भनाइ राखे ।

बाघको सङ्ख्या वृद्धिका लागि विशेष कार्यक्रम सुरु गरिएको उनले बताए । बाघ पाइने स्थानको पहिचान गरी नेपाली सोनाकोसमेत सहयोगले बाघ संरक्षण गर्न सकिएको उनले जानकारी गराए ।

प्रतिक्रिया