शुक्रबार, वैशाख ७, २०८१

मर्निङ वाकका केही नियम

नेपालखोज २०८० वैशाख २४ गते ५:१०

यदि राम्रो सँग हिँडिएन भने त्यसको केही फाइदा हुँदैन । बिहान हिड्नु शरीरका लागि आधारभूत गतिविधि हो । यसले स्वास्थ्यका दृष्टिले हामीलाई धेरै फाइदा पुर्याउँछ । दैनिक केही पाइला हिड्दा तौल नियन्त्रणमा रहन्छ भने मुड पनि राम्रो हुन्छ । यसका साथै हिड्दा मधुमेह, मुटुसँग सम्बन्धित समस्या, रक्तचापको समस्या आदि नियन्त्रित रहनुका साथै मांसपेशी तथा हड्डी पनि मजबुत रहन्छ । हिड्ने सबैको आ–आफ्नै तरिका भए पनि स्वस्थ हिडाइका लागि यसका केही नियम जान्नु आवश्यक छ, अन्यथा धयसबाट फाइदाको साटो नोक्सान समेत हुन सक्छ ।

१, हिड्दा शरीरको मुद्रामा विशेष ध्यान पुर्याउनुपर्छ । यसका लागि शरीरलाई सीधा तर आरामदायक स्थितिमा राख्नुपर्छ। काँधहरू दायाँ/बाँया ढल्कनु हुँदैन ।

२, हाम्रा खुट्टा हाम्रो शरीरको आधार हुन् । त्यसैले हिड्दा घुँडाहरूको तालसुर मिल्दोजुल्दो हुनुपर्छ भने कम्मरको पोजिसन पनि घुँडाको चालसँग मिल्दोजुल्दो हुनुपर्छ । गर्दन सीधा र सामान्य स्थितिमा हुनुपर्छ । काँध सिधा केहि पछाडि हुनुपर्छ तर आरामदायक स्थितिमा ।

३, हिड्दा खुट्टाका सबै मांसपेशीहरू प्रयोग गरिन्छ । यस्तो अवस्थामा कुनै कदम चाल्दा अगाडिको खुट्टाको कुर्कुच्चालाई पहिले राखेर पूरै पाइताला जमिनमा राख्नुपर्छ ।

४, हिड्दा आफ्नो कुहिनोलाई आफ्नो शरीरको नजिक राखेर आफ्ना पाखुराहरू अगाडि/पछाडि गर्नुपर्छ । यसले काँध र पछाडिको मांसपेशीहरू तन्काउन मदत गर्नेछ भने ती अंग सुदृढ र मजबुत हुनेछन् ।

५, हिड्दा सधैं आफ्नो टाउको र चिनलाई अलिकति उचाइमा राखि र अगाडि हेरेर हिड्नुपर्छ । यसरी हिड्दा शरीर सन्तुलित रहन्छ ।

६, सुरुमा वार्म/अपका लागि सामान्य गतिमा हिडदै सामान्य रूपमा सास लिनु/छोडनुपर्छ । १० देखि १५ मिनेटको वार्म/अप पछि आफ्नो गति बढाउनुपर्छ र केहि समयका लागि उच्च वा तीव्र गतिमा हिडनुपर्छ ।

७, उच्च गतिमा धेरै लामो कदम चाल्नु हुँदैन । दैनिक अभ्यास गरेर ३० मिनेटका लागि द्रुत गति कायम राख्ने प्रयास गर्नु उपयुक्त हुन्छ । यद्यपि यसका लागि हतार गर्नुपर्ने जरुरि छैन । दैनिक केहि समय बढाएर बिस्तारै सजिलै संग गति कायम गर्न सकिन्छ । त्यसपछि अन्त्यमा सामान्य वार्म(अपको गतिमा आउनु पर्छ ।

८, वार्म/अपको गतिमा लगभग १० देखि १५ मिनेट हिड्नु पर्छ । त्यस पछि यदि हिडाइ जारी राख्ने हो भने उही क्रम दोहोर्याउनु पर्छ । होइन भने कुनै ठाउँमा बसेर केही समय आराम गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया