सिटिजन्स बैंकका ग्राहकलाई तिनाउ हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. मा विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ ।
सिटिजन्स बैंकका कार्डबाहकले तिनाउ हस्पिटलका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट पाउने छन । साथै हस्पिटलबाट फिजियोथेरापीका सेवामा थप आकर्षक प्याकेजको व्यवस्था पनि गरिएको छ । यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई.के.वाई.सी, तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र समेत स्थापना गरिसकेको छ ।
जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१-५९७००६८ नम्बरमा फोन गरी तथा ईमेल गरी प्राप्त गर्न सक्नेछन । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया