आइतबार, वैशाख २८, २०८२

प्यूठानमा जिप दुर्घटना, एकजनाको मृत्यु १४ घाइते

नेपालखोज २०७९ साउन १४ गते १५:२८

प्यूठान । प्यूठानमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुपन्देही मायादेवी गाउँपालिका ३ का ३२ वर्षीय मायादेवी ठाकुर छिन् । प्यूठानको स्वर्गद्वारी नगरपालिका ४, भ्यागुतेमा आज (शनिबार) स्वर्गद्वारीबाट भिङरीतर्फ गइरहेको लु.३च ३५३ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दुर्घटना ९ जनाको अवस्था सिकिस्त छ । पाँचजना सामान्य घाइते भएका छ । घाइतेलाई उपचारका लागि बुटवल लगिएको छ ।

प्रतिक्रिया