सवारीसाधनबाट ७१ लाख ४२ हजार राजस्व संकलन

वालीङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी कारबाहीबाट ७१ लाख ४२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७८/७९ मा नौ हजार नौ सय १६ सवारी साधनलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो ।
सिट क्षमताभन्दा बढी यात्रु चढाउने, चालक अनुमतिपत्र विना सवारी चलाउने, तीव्र गतिमा चलाउने, अनावश्यक हर्नको प्रयोग गर्ने, सवारीको स्वरुप परिवर्तन गर्ने, अनावश्यक स्टिकर टाँस्ने, अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिए ।
गत आवको असारमा मात्रै कार्यालयले सबैभन्दा धेरै एक हजार ६ सय १३ विभिन्न सवारी साधनलाई कारबाही गर्दा ११ लाख ३७ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको थियो ।
कार्यालय प्रमुख कुँवरका अनुसार गत आव २०७८/७९ को साउनमा चार सय ७६, भदौमा पाँच सय ४४, असोजमा छ सय ८०, कात्तिकमा आठ सय १४, मङ्सिरमा छ सय ३९, पुसमा सात सय, माघमा सात सय ५०, फागुनमा आठ सय, चैतमा आठ सय ५०, वैशाखमा नौ सय ५०, जेठमा एकहजार एक सय र असारमा एक हजार ६ सय १३ सवारी साधन कारबाहीमा परेका थिए ।
गत आवको साउनमा कारबाहीमा परेका सवारी साधनबाट कार्यालयले तीन लाख ३७ हजार पाँच सय रुपैयाँ, भदौमा तीन लाख ९५ हजार पाँच सय रुपैयाँ, असोजमा चार लाख ८४ हजार पाँच सय रुपैयाँ, कात्तिकमा ६ लाख ६५ हजार रुपैयाँ, मङ्सिरमा चार लाख ८५ हजार पाँच सय रुपैयाँ, पुसमा चार लाख ८५ हजार रुपैयाँ, माघमा पाँच लाख ३१ हजार रुपैयाँ, फागुनमा पाँच लाख ७१ हजार रुपैयाँ, चैतमा ६ लाख १४ हजार रुपैयाँ, वैशाखमा ६ लाख ६४ हजार पाँच सय रुपैयाँ, जेठमा सात लाख ७१ हजार पाँच सय रुपैयाँ र असारमा ११ लाख ३७ हजार पाँच सय रुपैयाँ गरी कूल ७१ लाख ४२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको हो ।








प्रतिक्रिया