एनसेल प्रकरण : सांसद सिंहले दायर गरेको रिटकाे सुनुवाइ हुँदै
नेपालखोज
२०८० मंसिर २६ गते ६:५३

काठमाडौं । एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।
सांसद सिंहले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको भनेका छन् ।
उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् । शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
सम्बन्धित

प्रतिक्रिया