ब्राजिलको राजदूतमा काफ्ले नियुक्त

नेपालखोज २०७९ साउन १५ गते १५:०७

काठमाडौं । ब्राजिलका लागि आवासीय राजदूतमा निर्मलराज काफ्लेलाई नियुक्त गरिएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया