मंगलबार, पुष ८, २०८२

‘ओप्पो ए ७७’ नेपाली बजारमा, यस्ता छन् फिचर र मूल्य !

नेपालखोज २०७९ साउन १५ गते १५:१७

काठमाडौं । ओप्पोले आज नेपाली बजारमा ‘ए सिरिज’ अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए ७७’ सार्वजनिक भएको घोषणा गरेको । यो २ डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षा मापदण्डहरूसहित उत्पादकता सुविधाहरूले भरिएको छ, जसले गर्दा यसको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनका अनुभवहरू अघिल्लो फोनमा भन्दा धेरै छन् ।

‘हामी यस्तो युगमा बाँचिरहेका छौँ जहाँ हामी सबै जीवनको आनन्द लिन चाहन्छौँ,’ ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनलीले भने, ‘हाम्रा अग्रणी प्रविधिहरूका साथ, ओप्पो सबैको जीवन, सपना र सद्गुणहरूको माग पूरा गर्न प्रतिबद्ध छ । हामीले धेरैभन्दा धेरै मानिस र उद्योगहरूलाई लाभ पुर्याउने सामाजिक जिम्मेवारीहरू लिई अगाडि बढिरहेका छौँ । यो ओप्पोको दिगो विकासको भावना हो जसलाई हामीले हरेक दिन आत्मसात गर्छौं ।’

त्यस्तै, अधिकांश प्रयोगकर्ताहरू ब्याट्रीको आयु र मनोरञ्जन अनुभवको बारेमा चिन्तित छन् । उनीहरूले गुणस्तरको कदर गर्छन् र राम्रो देखिने फोन चाहन्छन् । उनीहरूको आवश्यकताअनुसार, ओप्पो ए ५७ मा ५००० एमएएच् ब्याट्री ६.५६ एचडी प्लस कलर–रिच डिस्प्ले, हाई – इन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरका साथ वाटर रेसिस्टेन्स र सामान्य किसिमले चलाउँदा हुने स्क्यार्चबाट पनि बच्न सकिन्छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो ।

क्यामेरा
यसमा ५० एमपी प्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडि, ८ एमपी सेल्फीक्यामेरा रहेका छन् । भिडियोहरूका लागि, यसले पछाडि र अगाडि दुवै क्यामेराबाट १०८० पी मा भिडियोहरू खिच्न सक्छ ।

डिस्प्ले
यसमा ६० हर्ज रिफ्रेस दरको साथ ६.५६ इन्च एचडी प्लस आईपी एस प्यानल रहेको छ । स्क्रिनले डीसीआई–पी ३ कलर गामटको ९६ प्रतिशत कभर गर्दछ । डिस्प्लेमा सेल्फी क्यामेराको लागि वाटर ड्रप नोच छ, फोनको माथिल्लो भाग र साइड बेजेल न्युनतम छन् र तलको भाग अलि ठूलो छ ।

हार्डवेयर क्वालिटी
ओप्पो ए ७७ मा मिडीया टेक हेलियो जी ३५ ४ जीबी¥यामर १२८ जिबीईन्टर्नल स्टोरेजको साथ आएको छ । हेलियो जी३५ अक्टा–कोर (४×२.३ गेगाहर्ज कोर्टेक्स–ए५३ र ४×१.८ गेगाहर्ज कोर्टेक्स-ए५३) सीपीयू र पावर भीआर जीई८३२०जीपीयू भएको १२ एनएमचिपसेट हो । साथै, आईपी एक्स ४ द्वारा प्रमाणित वाटर रेसिष्टेन्सका साथ सामान्यतवरबाट चलाउँदा स्क्यार्च नहुने र औंलाका डामहरू नबस्ने गरी बनाइएको छ ।

पर्फमेन्स
कलर्सओएस १२.१ ले एन्ड्रोइड १२ माआधारित सफ्टवेयर पक्षलाई ह्यान्डल गर्छ ।ओप्पो ए७७ ४ जीफोनमा ५००० एमएएचब्याट्रीसँग आउँछ र युएसबी सी पोर्ट मार्फत ३३ वाट द्रुत चार्जिङलाई समर्थन गर्दछ ।

गोपनीयताको संरक्षण
फोटो वा भिडियोहरू सार्वजनिक गर्दा, तपाईं भौगोलिक जानकारी र अन्य फोटो जानकारी (फोटोको नाम, सुटिङ समय, र क्यामेरा मोडेल र प्यारामिटरहरू सहित) हटाउन छनोट गर्न सक्नेछन् । गोपनीयता ड्यासबोर्डले २४ घण्टामा तपाईको क्यामेरा, माइक्रोफोन र स्थान जानकारी सहित तपाईको व्यक्तिगत डेटामा कुन–कुन एपहरू प्रयोग गरेको छ भनेर पनि हेर्न सक्नुहुन्छ ।

कलर रिच र आई-कम्फर्ट डिस्प्ले
६.५६ इन्च डिस्प्लेले ९६ यू एनटीएससी कलर गामुटलाई कभर गर्दछ । यो फोनमा भएको आँखा कम्फर्ट मोडले, स्क्रिन हेर्न अझ सहज बनाएको छ ।

ठूलो भोल्युम र साउन्ड क्वालिटीमा गुणस्तरीयता
ओप्पो ए७७ ओप्पोकोे मूल्य दायरा भित्रको एक मात्रफोन हो जसमा डुअल स्टेरियो स्पिकरहरू छन् जुन सामान्यतया फ्ल्यागशिप मोडलहरूमा मात्र रहन्छ । सुपर भोल्युम मोडमा, डुअल-स्पीकर फोनले सबै आवाजहरू भेट्न सक्छ ।

बजारमा उपलब्धता
ओप्पो ए७७ ४ जीबी र्‍याम प्लस १२८ जिबी रोमसँगै आएको छ । यसले १ टीबीसम्मको एसडी कार्डहरूलाई पनि समर्थन गर्दछ । यो फोन स्काई ब्लू र सनसेट ओरेन्ज रङहरूमा फाइबर ग्लास-लेदर डिजाइनको साथ उपलब्ध छ ।

ओप्पोको बारेमा
ओप्पो एक अग्रणी विश्वव्यापी स्मार्ट उपकरण ब्रान्ड हो । सन् २००८ मा आफ्नो पहिलो मोबाइल फोन – ‘स्माइली फेस’ लन्च गरेदेखि नै, ओप्पो सौन्दर्य सन्तुष्टि र नवीन प्रविधिको उत्तम समन्वयका लागि बजारमा विभिन्न स्मार्ट उपकरणहरू ल्याइरहेका छन् । आज, ओप्पोले फाइन्ड एक्स र रेनो सिरिजको नेतृत्वका साथ रहेका स्मार्ट उपकरणहरू बाहेक कलरओएस अपरेटिङ सिस्टम, ओप्पो कलाउड र ओप्पो प्लसजस्ता इन्टरनेट सेवाहरू पनि ओप्पोद्वारा उपलब्ध गराइएको छ । ओप्पो ६० भन्दा बढी देश र क्षेत्रहरूमा सक्रिय छन् र ओप्पोका ४०,००० भन्दा बढी कर्मचारी विश्वभरका ग्राहकका लागि राम्रो जीवन सिर्जना गर्न समर्पित छन् ।

प्रतिक्रिया