यी नदीमा पानीकाे बहाव बढ्ने, सतर्कता अपनाउन विभागकाे आग्रह
नेपालखोज
२०७९ साउन १६ गते ७:००

काठमाडौं । देशका केही स्थानहरूमा भारी वर्षा मापन गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाको दमक, उर्लाबारी, शनिश्चरे, चन्द्रगढी आसपास भारी वर्षा भएको छ । मेची विरिङ, निन्दा, रतुवालगायत साना खोलामा बाढीको जोखिम छ । सुनसरीको इटहरी र आसपास भारी वर्षा मापन गरिएको छ । बूढी खोला, खेसलिया खोलालगायत सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
नदीतटीय तथा डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । त्यस्तै, बागलुङ, कास्की, तनहुँ, गोरखा र आसपास केही स्थानमा भारी वर्षा मापन गरिएको छ । उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
सम्बन्धित








प्रतिक्रिया