सयपत्रीको आईपीओमा मंगलबारसम्म आवेदन दिन पाइने

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले भोलि (मंगलबार) सम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि नै आयोजना प्रभावितका लागि आईपीओ बिक्री गरी बाँडफाँडसमेत गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्री नभएको एक लाख २१ हजार ६० कित्तासमेत गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया