सीताराम डेरीको नयाँ बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा

काठमाडौं । सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालीले सिताराम दूध तथा दूधद्वारा उत्पादित दूग्धजन्य पदार्थहरुको बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा आजबाट संचालनमा ल्याएको छ । दुध तथा दुग्धजन्य पदार्थ उत्पादन र बिक्री बितरणको २७ बर्ष पुगी २८ बर्ष प्रवेशको यो अवसरमायो सिताराम डेरीको चौथो तथा आफनै दोश्रो बिक्री केन्द्र हो ।
किर्तीपुरको नयाँबजारमा आज खुलेको यो सिताराम डेरीको बिक्री केन्द्रको उद्घाटन बरिष्ठ हास्य अभिनेत्री, सफल निर्देशक एवं नायिका दिपाश्री निरौला, वरिष्ठ हास्य कलाकार, निर्देशक एवं नायक दिपकराज गिरी र हास्य कलाकार जीतु नेपाल मुन्द्रेले संयुक्त रुपमा गरे ।
उद्घाटन समारोहमा बोल्दै वरिष्ठ कलाकार दीपकराज गिरीले सीताराम नामै काफी छ , ब्रान्डै काफी छ जब कुनैपनि ब्राण्ड स्थापित भइसकेपछि त्यो ब्राण्डलाई गुणस्तरीय उत्पादन गर्दै दीर्घकालसम्म निरन्तर रुपमा यसरी आम ग्राहकमाझ बिभिन्न माध्यमबाट उपलब्ध गराउनु भनेको ब्राण्डको आयु अझ मजबुत हुँदै जानु हो । यतिको बर्षसम्म यसरी बजारमा स्थापित सिताराम ब्राण्डसँग जोडिन पाउँदा आज मलाई गर्व महशुष भएको उनले बताए ।
यो बिक्री केन्द्रले आम ग्राहकहरुलाई राम्रो सेवा प्रदान गर्दै आफना विभिन्न उत्पादनहरु आम ग्राहकसमक्ष पस्कन सफल होस् २७ वर्षको यो उपलब्धि अझ मजबुद हुँदै जाओस सीताराम दूध र यसको उत्पादनसँग लामो समयदेखि जोडिन पाउँदा अत्यन्तै खुशी लागेको र उत्पादनहरु बजारमा यत्रतत्र देख्दा आफुलाई सफल भएको महशुष हुने बरिष्ठ हास्य अभिनेत्री , सफल निर्देशक एवं नायिका दिपाश्री निरौलाले बताइन् ।
सीताराम दूधसँग म शुरुको दिनदेखि जोडिएको र आजको दिनसम्म म यही सँगसँगै रहन पाउदा र आज पनि ब्राण्डसँगै रहन पाउँदा अझ बडी जिम्मेवारी महशुष भएको छ । दूधबाट बनेका विभिन्न परिकारहरु जसले मानिसको स्वास्थ्यलाई अत्यन्त लाभदायी हुनेमा दुईमत छैन । हरेक मानिसको घरघरमा सितारामका उत्पादनहरु पुगुन र यसरी आफनै आउटलेट खोली आम ग्राहकहरुलाई सिताराम दुधद्वारा बनेका परिकारहरु पस्कन सफल होस सीताराम डेरी । हामी सधै साथमा रहनेछौं , हास्य कलाकार एवं नायक जीतु नेपाल मुन्द्रेले बताए । यस किर्तीपुरमा खोलिएको सिताराम दूध बिक्री केन्द्रबाट आम ग्राहकहरुले सितारमा दुध तथा यसबाट बनेमा विभिन्न उत्पादनहरु गुणस्तरीय र ताजा पाउनुहुनेछ । हामी हरेक मानिसहरुलाई गुणस्तरीय उत्पादनहरु बिगत २७ वर्षदेखि उपलब्ध गराइरहेका छौ र आज अनि भोलिपनि हामी यहिलाई निरन्तरता दिदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्छौं ।
अब हामी चाडै नै हाम्रो बिक्री केन्द्र अन्य स्थानमा पनि फ्रन्चाइज मोडलमा र बिशेष मोडलमा खोल्दै हाम्रा उत्पादनहरुको पहुँच आम ग्राहकसमक्ष पुरयाउने सिताराम गोकुल मिल्कस् काठमाण्डौं प्रालीका अध्यक्ष सुमित केडियाले बताए । यसका साथसाथै यो सितारमा दुधको बिक्री केन्द्र खोलेको शुभअवसरमा सितारमका हरेक उत्पादनमा यो श्रावण महिनाभरी पाँच प्रतिशत छुटको व्यवस्था गरिएको समेत उनले बताए ।








प्रतिक्रिया