प्रेमगीत ३ नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने
नेपालखोज
२०७९ साउन १६ गते २०:१९

काठमाडाैं । नेपाली फिल्म ‘प्रेम गीत ३’ भारतमा पनि सोही नामबाट प्रदर्शनमा आउने भएको छ । यसअघि ‘विश्वजितम’ नामबाट प्रदर्शनमा आउने भनिएको फिल्मको नाम ‘प्रेम गीत ३’ नै रहने भएको हो ।
फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा प्रदर्शनमा आउँदैछ । जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले फिल्मलाई भारतभर रिलिज गर्न लागेका हुन् । हल रिलिजको आठ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ ।
‘प्रेम गीत ३’ को भारत प्रदर्शनका बारेमा भारतका सञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गरेका छन् । प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्मलाई सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया