भगवान् साथमै छन् भन्ने संकेत !

यदि भगवान् तपाईंसँग प्रसन्न हुनुहुन्छ वा जीवनमा केहि राम्रो हुन गइरहेको छ भने, केहि संकेतहरूले तपाईंलाई पहिले नै यसको बारेमा सचेत गराउँदछ । भनिन्छ, जसले हर पल भगवान्लाई याद गर्छ, जसको मन पवित्र र परोपकारी हुन्छ ।
यि लक्षणहरु देखिन थाले भने बुझ्नुहोस् भगवान् तपाईको साथमा हुनुहुन्छ ।
भविष्यमा हुने घटनाको बारेमा मनमा केही भाव छ भने भगवान्को आशीर्वाद साथमा रहेको विश्वास गरिन्छ । धनी होस् या गरिब जो भगवान्को आशिर्वाद दिन्छन्, सबैतिर सम्मान पाउँछन् । मेहनतले कुनै पनि काममा सफलता मिल्यो भने त्यसलाई भगवान्को कृपा मान्नुपर्छ ।
भनिन्छ, सधैं सरल जीवन बिताउने र देखावटीबाट टाढा रहनेहरूमाथि भगवान् प्रसन्न हुन्छन् । जो शुद्ध हृदयका हुन्छन् र जानी–जानी कसैको अपमान गर्दैनन्, उनमा भगवान्को कृपा सदैव रहन्छ । परोपकारमा जीवन बिताउने व्यक्तिहरूलाई भगवान्ले आशीर्वाद दिनुहुन्छ । मीठो स्वभाव र नम्र मानिसहरूको संगत भगवान्ले कहिल्यै छोड्दैनन् ।
सपनामा लगातार मन्दिर वा भगवान्को प्रतिमा देखिएमा भगवान्को कृपा तपार्इंमा रहन्छ भन्ने विश्वास गरिन्छ । यदि कुनै महत्त्वपूर्ण काममा गलत निर्णय लिनु अघि मनमा शंका आयो र निर्णय लिनबाट रोक्छ भने सम्झनुहोस् कि भगवान् तपाईको साथमा हुनुहुन्छ ।
प्रतिक्रिया