सोमबार, पुष ७, २०८२

गगन थापा भन्छन्- युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक

नेपालखोज २०७९ साउन १७ गते ७:२३
फाइल तस्बिर

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ संगठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन् । काठमाडौं महानगरपालिका–८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भातृ संगठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताए ।

संसद्मा जल्दाबल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेकोसमेत सुनाए । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नेतृत्वले पार्टीभित्रै रहेर पनि फरकमत राख्ने नेता, कार्यकर्तालाई समेट्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

काठमाडौं महानगरपालिका–८ का वडाअध्यक्ष आशामान संगतले फोहरमाथि महानगरभित्रै राजनीति भइरहेको र सरकारले नै फोहर व्यवस्थापनमा अग्रणी भूमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया