प्राइम कमर्सियल बैंकको १० गुणासम्म वृद्धि हुने मुद्दती खाता

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताका लागि लक्षित गरि सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार ग्राहकले यी मुद्दती खातामा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी पाइनेछ ।
प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) र प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) का निक्षेपकर्ताले १८ घातक रोगविरुद्ध बिमा (१० लाख), दुर्घटना बिमा (१० लाख) तथा स्वास्थ्य बिमा (एक लाखसम्म) प्राप्त गर्न सक्नेछन् भने आवश्यकताअनुसार ९० प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया