शनिबार, जेठ ५, २०८१

अभियान लघुवित्तको आईपीओ बिक्री खुला

नेपालखोज २०७९ साउन १८ गते ६:३६

काठमाडाैं । अभियान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेकाे छ । लघुवित्तले जारी पुँजी २ करोड ७ लाख रुपैयाँको ३९ प्रतिशतले हुन आउने ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९ लाख १३ हजार ७५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ३ हजार कित्ता अर्थात ३० हजार रुपैयाँसम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एपमार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओमा साउन १८ गतेदेखि साउन २२ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे भदौ १ गतेसम्म म्याद थप हुनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

प्रतिक्रिया