कुरीलोको प्रतिकेजी ४५० रुपैयाँ, कागती २२५ रुपैयाँ किलो
नेपालखोज
२०७९ साउन १८ गते ११:२०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य तोकेको छ । आज (बुधबार) अदुवा औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको छ, भने कुरीलोको प्रतिकेजी ४५० रुपैयाँ तोकिएको छ । त्यस्तै, पाकेको फर्सी प्रतिकेजी ३३ रुपैयाँ ३३ पैसा रहेको छ ।
रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । मालदह आँप प्रतिकेजी २६५ रुपैयाँ र केरा दर्जनको १६५ रुपैयाँ तोकिएको छ । स्थानीय काउली ६६ रुपैयाँ, कागती २२५ रुपैयाँ, र लोकल सानो गोलभेँडा २४ रुपैयाँ ४० पैसाप्रति केजी तोकिएको छ । तेस्तै, हरियो खुर्सानी (बुलेट) प्रतिकेजी ७५ रुपैयाँ तोकिएको छ ।








सम्बन्धित

प्रतिक्रिया