शुक्रबार, वैशाख १२, २०८२

बीओके र हिमालयनले जिते मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीको मुद्दा

नेपालखोज २०७९ साउन १८ गते ११:५७

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेड र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दा जितेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकका तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सोबापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकले उक्त जमानतसम्बन्धी परेको भुक्तानीसम्बन्धी मुद्दा जितेका हुन् । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।

यो फैसलासँगै बीओकेले काउन्टर ग्यारेन्टीवापतको मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ वापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए ।

यसैगरी हिमालयन बैंकले पनि मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीसँग सम्बन्धित मुद्दा जितेको छ । चाइना कन्स्ट्रक्सन बैंकका तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सोबापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको जमानतसम्बन्धी परेको भुक्तानीसम्बन्धी मुद्दा जितेका हुन् । मुद्दा जितेसँगै यी दुई बैंकहरूले करिब डेड अर्ब नेपाली रुपैयाँ फिर्ता पाउने भएका हुन् । गत शुक्रबार चाइनाको सर्वोच्च अदालतले नेपाली बैंकको पक्षमा फैसला गरेसँगै चाइना कन्स्ट्रक्सन बैंकले नेपालको हिमालयन बैंक र बैंक अफ काठमाडौंको रकम फिर्ता गर्नुपर्ने भएको हो ।

मेलम्ची जमानतको रकम भुक्तानी भएलगत्तै बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर अर्थात् करिब एक अर्ब र हिमालयन बैंकले करिब ७० करोड रुपैयाँ फिर्ता पाउने भएको हो ।

प्रतिक्रिया