शनिबार, जेठ ५, २०८१

६ अंकले नेप्से घट्दा ४ अर्ब रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७९ साउन १८ गते १५:३८

काठमाडौं । नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । अघिल्लो दिन दुई दशमलव ७६ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन बुधबार पुनः ६ दशमलव ७१ अंकले घटेर २१ सय ८६ दशमलव ७७ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६४ अंकले घटेर चार सय २० दशमलव ४९ अंकमा झरेको छ ।

दुई सय १८ कम्पनीको ५७ हजार चार सय २३ पटकको कारोबारमा ९५ लाख ४२ हजार ६ सय सात कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण कुल कारोबार रकम चार अर्ब दुई करोड ९९ लाख चार हजार दुई सय ५१ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा चारवटाको सूचक बढेर बाँकी नौवटाको घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव ९१ अंकले घटेर १४ सय २२ दशमलव ४४ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक २३ दशमलव ६ अंकले घटेर तीन हजार नौ सय ९९ दशमलव ६ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक ८६ दशमलव २९ अंकले घटेर आठ हजार पाँच सय ५० दशमलव ४१ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ७३ दशमलव ७२ अंकले घटेर १० हजार एक सय ९७ दशमलव ९७ अंकाम झरेको छ ।

यीबाहेक होटेल तथा पर्यटन, फाइनान्स, उत्पादनमूलक, अन्य र लगानी समूहहरूको सूचक पनि घटेका छन् । जलविद्युत समूहको सूचक भने ४२ दशमलव सात अंकले बढेर २६ सय ५० दशमलव ३४ अंकमा चढेको छ । यसैगरी लघुवित्त, ट्रेडिङ र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ८६ दशमलव ६८ र शून्य दशमलव शून्य तीन अंकले बढेका छन् ।

नेप्सेमा बुधबार सामलिङ पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता ६ सय १५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ९२ प्रतिशतले घटेर चार सय ५६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता आठ सय नौ रुपैयाँ अन्तिम मूल्यमा २५ करोड ३४ लाख ३० हजार ६ सय ७० रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया