बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
नेपालखोज
२०७९ साउन १९ गते १६:२६

काठमाडौं । १९ लाख रुपैयाँ बिगो कायम रहेका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार काठमाडौंको बानेश्वर बस्ने ४६ वर्षीय दिपकचन्द्र आर्चायलाई बुधबार नयाँ बानेश्वरस्थित थापागाउँबाट पक्राउ गरिएको हो ।
राजेश देशेमरुको जाहेरीले बादी नेपाल सरकार र प्रतिवादी गोरखा नगरपालिका घर भई हाल काठमाडौंको बानेश्वर बस्ने दिपक चन्द्र आचार्य भएको बैंकिङ कसुर सम्वन्धी मुद्दामा फरार रहेका प्रतिवादी आचार्यलाई अपराध अनुसन्धान कार्यालयको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका आर्चायलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत गौशाला पठाईएको उक्त कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका आर्चाय बिरुद्ध १९ लाख ५० हजार रुपैयाँ बिगो कायम रहेको जानकारी पनि उक्त कार्यालयले दिएको छ ।
सम्बन्धित








प्रतिक्रिया