स्रोत नखुलेको ४९ लाखसहित पक्राउ
नेपालखोज
२०७९ साउन १९ गते २१:५२

काठमाडाैं । स्रोत नखुलेको रु ४९ लाखसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ भृकुटीचोकस्थित सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार गोरखा घर भई काठमाडौं तीनचुली बस्ने धावा घ्याल्चेन पक्राउ परेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।
उनको साथबाट स्रोत नखुलेको (ताइवानबाट हुण्डीमार्फत प्राप्त गरेको) रु ३२ लाख बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीसँग थप सोधपुछ गर्दा कोठामा थप रकम राखेको भन्ने खुल्न आएपछि बुधबार राति कोठाबाट थप रु १७ लाख ५० हजार फेला परेको जनाइएको छ । उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । रासस
सम्बन्धित








प्रतिक्रिया