तुलसीदास !

गोस्वामी तुलसीदास भक्ति रसका कवि थिए । उनले धेरै ग्रन्थहरू रचे तर तुलसीदास रामचरितमसको रचना गरेर अमर भए । भनिन्छ तुलसीदासको जन्म हुँदा उनको मुखबाट ‘राम’ शब्द निस्किएको थियो । यही कारणले उनलाई रामबोला नाम दिइएको हो ।
तुलसीदासको जन्म चित्रकूटको राजापुर गाउँमा आत्माराम दुबे र हुल्सीको घरमा संवत १५५४ मा श्रावण महिनाको शुक्ल पक्षको सातौं दिन भएको बताइन्छ । तुलसीदास रामचरितमानस, बरवै रामायण, विनय पत्रिका, रामलल्ला नहचु आदि जस्ता प्रमुख ग्रन्थका लेखक हुन् ।
रामका भक्त हनुमानलाई तुलसीदासको आध्यात्मिक गुरु भनिन्छ । तुलसी दासले हनुमानको पूजाका लागि विभिन्न रचनाहरू पनि लेखेका छन् । जसमा हनुमान चालिसा र बजरंग बाण आदि प्रमुख हुन् । तुलसीदासलाई आफ्नी पत्नी रत्नावलीप्रति ठूलो स्नेह थियो भन्ने मान्यता छ ।
एकपटक तुलसीदासले आफ्नी पत्नीलाई भेट्नको लागि उग्र नदी तरे । त्यसपछि उनकी पत्नीले उपदेश दिँदै भनिन् ‘तिमीले मलाई जति माया गर्छौ , त्यति नै माया भगवान्लाई गर्यौ भने मोक्ष पाउनेछौ । यो सुनेर तुलसीदासको चेतना जाग्यो र त्यसैबेलादेखि उनले भगवान् रामको आराधना गर्न थाले ।
प्रतिक्रिया