बिहीबार, वैशाख ६, २०८१

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध

नेपालखोज २०७९ साउन २० गते ८:२४

काठमाडौं । पहिराे गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खसेका कारण गएराति २ बजेदेखी आवागमन पूर्णरुपमा अवरुद्ध भएको हाे ।

पहिरो हटाउन दुईवटा डोजर प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनको राजमार्गमा अलपत्र छन् ।

प्रतिक्रिया